राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ।
कम्पनीले नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो।
बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले १ कित्ताबराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।
अनुमति पाएसँगै अब कम्पनीले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता सेयर निष्काशन गर्नेछ।
६१ करोड चुक्ता पुँजी रहेको यो कम्पनीले हकप्रद निष्काशनपछि चुक्ता पुँजी १ अर्ब २२ करोड माथि पु¥याउनेछ
48
Shares

प्रतिक्रिया