ad ad

कारोबार


विद्युतीय प्रविधि प्रयोग गरी कामना सेवा सञ्चालक समितिको बैठक

विद्युतीय प्रविधि प्रयोग गरी कामना सेवा सञ्चालक समितिको बैठक

नेपालखबर
चैत २०, २०७६ बिहिबार १२:४०,

कामना सेवा विकास बैंक लिमिटेडले विद्युतीय प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको २८९ औं बैठक सम्पन्न गरेको छ।

बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो। नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए।

बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो। यो बैंकलाई डिजिटाइजेसन र अटोमेसनको पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले बताए।

गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन उद्घाटन समारोहमा समेत अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो।

सञ्चालक समितिको बैठकले ग्राहकहरुलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पीडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउँपालिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ।

यसै गरी मानिसहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित जनावरहरुमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न सञ्चार माध्यमहरुद्वारा जानकारीमा आएको हुँदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व्यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष सुदिप आचार्यले जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .