नेपाल राष्ट्र बैंककी कायमुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेकी छन्।
ढुंगाना नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन बुझाउन अर्थ मन्त्रालय पुगेकी हुन्।
सो क्रममा ढुंगानाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
504
Shares

प्रतिक्रिया