रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्तावसम्बन्धी निर्णय गरेको छ।
कम्पनीको २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करको लागि ०.६३१५ प्रतिशत लाभांश सेयरधनीलाई बाँड्ने प्रस्तावसम्बन्धी निर्णय गरेको हो।
यसअनुसार आर्थिक वर्ष २०८०÷०८१ को वितरणयोग्य नाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरिएको छ। कम्पनीको हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड छ। त्यसमध्ये ५५ करोड ६८ लाखबराबरको बोनस र २ करोड ९३ लाख १ हजार ६ सय नगद लाभांश बाँड्न लागिएको हो।
यसको लागि नेपाल बीमा प्राधिकरणले यसलाई स्वीकृति दिएपछि कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन हुनुपर्नेछ। त्यसपछि मात्र सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।
30
Shares

प्रतिक्रिया