नेपाली कांग्रेसका सांसद एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले भातरको पहलगाम घटनामा भएको आतंकवादी घटनका कारण भारत र पाकिस्तानबीचको सम्बन्ध बिग्रको भन्दै यस्तो बेला पाकिस्तानी सेनाको भ्रमणमा भएकोमा असन्तुष्टि जनाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तनापूर्ण अवस्थालाई ख्याल गर्दै पूर्वनिर्धातिर भ्रमण भएको भए पनि तत्काललाई त्यो स्थगन गरेको भए राम्रो हुने धारणा समेत व्यक्त गरे।
‘पहलगाम आतंकारी हमलाले छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति बनाएको छ,’ साउदले भने, ‘यस घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भएको थियो।’
उनले थपे, ‘तर, छिमेकमा भएको जघन्य घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानी सेनाको प्रतिनिधिमण्डलले भ्रमण पूर्वनिर्धातिर भए पनि बर्तमान स्थितिका बारेमा संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो।’
पाकिस्तानी सेनाको उच्चस्तरीय सैनिक तालिमका शिक्षार्थीहरुको १२ सदस्यीय टोली आइतबार काठमाडौँ आएको थियो। पाकिस्तानी हवाई कमाण्डर साद मन्सूर अन्सारीको नेतृत्वमा आएको टोली ६ दिन नेपालमा रहनेछ।
भ्रमणका क्रममा टोलीले काठमाडौँस्थित विभिन्न सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्नेछ।
Shares

प्रतिक्रिया