संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरेका छन्।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले सरकारले समाजवादी नीति तथा कार्यक्रम नल्याएको बताएका हुन्।
विश्वमै असफल नवउदारवादलाई अगाडि बढाउन खोजिएको आरोप लगाउँदै उनले
लिबरलाइजेसन र ग्लोबलाइजेसनको पक्ष लिने देश नै अहिले संवर्द्धनवादतिर गइरहेको बताए।
‘पश्चिमा शक्ति नै संरक्षणवादतिर गइरहेका छन्’, उनले भने, ‘हामी त्यही उदारवादका नीति र कार्यक्रम ल्याउनतिर गएका छौँ।’
नेपाल २०२५ मा विकासोन्मुख देशमा स्तरोन्नति हुने र २०३० मा दिगो विकास लक्ष्यप्राप्तिमा जाने भएकाले सोहीअनुसार १६औँ पञ्चवर्षीय योजना ल्याएको तर ती लक्ष्यसँग सरकारको नीति तथा कार्यक्रम मेल नखाएको प्रचण्डको दाबी छ।
Shares

प्रतिक्रिया