कारोबार


ओलीलाई हेर्दै प्रचण्डले भने– एक महिना बित्यो, एउटा गभर्नर त नियुक्त गर्न सक्नुभएन!

ओलीलाई हेर्दै प्रचण्डले भने– एक महिना बित्यो, एउटा गभर्नर त नियुक्त गर्न सक्नुभएन!

फाइल तस्बिर


नेपालखबर
बैशाख २२, २०८२ सोमबार १४:१९, काठमाडौँ

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिना दिन बित्दासमेत गभर्नर नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। 

सोमबार सरकारको नीति तथा कार्यक्रमबारे बोल्न रोस्ट्रम उभिएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर हेर्दै गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रश्न उठाएका हुन्। 

‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नुभएको छैन। दुई तिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु’, उनले भने, ‘हरेक नियुक्ति र निर्णयमा स्वार्थसमूह नै हाबी छ। जनताले सेवाप्रवाह सहज रूपमा पाउन सकेका छैनन्।’ 

लाइभ भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad