आज पनि सुनको मूल्य बढेको छ। आइतबार बढेको सुनको मूल्य आज पनि बढेको हो। चाँदीको मूल्य भने आज स्थिर छ।
सुनको मूल्य आज प्रतितोला पाँचसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख ८४ हजार एकसय रुपैयाँ पुगेको थियो।
हिजाेकाे मूल्यमा प्रतिताेला पाँचसय रुपैयाँ बढेर सुनकाे भाउ आज एक लाख ८४ हजार ६ सय रुपैयाँ पुगेकाे छ।
यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो।
आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज प्रतितोला एक हजार नौ सय १० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।
2.3k
Shares

प्रतिक्रिया