कारोबार


ऊर्जा राज्यमन्त्री गर्बुजाले गरे पदबहाली, देश र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता

ऊर्जा राज्यमन्त्री गर्बुजाले गरे पदबहाली, देश र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १४:५४, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्। 

राज्यमन्त्री खर्बुजाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन्। 

पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए। उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे। 

नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad