राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन संसद भवनको अनुगमन गरेको छ।
आइतबार संसदीय समितिले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अनुगमन गरेको हो। निरीक्षणका क्रममा समिति सभापति ठाकुर गैरेसहितका समितिका सदस्यहरु थिए।
मन्त्रालयले २ सय दिनभित्र निर्माण सक्न पनि तीन चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको सभापति गैरेले बताए। मन्त्रालयले नियमित अनुगमन नगर्ने हो भने समयमै काम सकिन कठिन रहेको बताए। उनले अब थपिने म्यादभित्र काम सक्न निर्देशन दिए।
समितिले नयाँ बन्ने संसद भवनको काम सम्पन्न गर्न अब म्याद थप गर्दा सम्बन्धित मन्त्रीले समितिमा उपस्थित भएर कारण उपलब्ध गराउन निर्देशन दिएको छ ।
96
Shares

प्रतिक्रिया