आज सुनको मूल्य बढेको छ। चाँदीको मूल्य भने घटेको छ। गत शुक्रबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज प्रतितोला एक लाख ८४ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार पाँचसय रुपैयाँ थियो।
गएको बिहीबार सुनको मूल्य प्रतितोला चार हजार ६ सय रुपैयाँ घटेको थियो भने बुधबार प्रतितोला सातसय रुपैयाँले घटेको थियो।
गएको सोमबार सुन तोलामा १४ सय रुपैयाँ घटेको थियो भने मंगलबार पाँचसय रुपैयाँले बढेको थियो।
यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो।
आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला एक हजार नौ सय १० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य एक हजार नौसय ३० रुपैयाँ थियो।
Shares

प्रतिक्रिया