समाज


चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान् गम्भीर घाइते

चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान् गम्भीर घाइते

नेपालखबर
बैशाख २१, २०८२ आइतबार ११:४, कञ्चनपुर

कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु भएको छ। 

शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर स्थानीय २४ वर्षीय लालमती रानाको मृत्यु भएको हो। 

उनका श्रीमान २५ वर्षीय रतनसिंह राना चट्याङ लागेर गम्भीर घाइते भएका छन्। 

दोदा नदीमा तरबुजा टिप्न गएका बेला उनीहरुलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए। 

उनका अनुसार लालमतीको घटनास्थलमै मृत्यु भएको हो। 

‘हाम्रो टोली घटनास्थलमा पुगेको छ, घटनाबारे आवश्यक विवरण संकलन तथा अनुसन्धान गरिरहेका छौँ,’ बस्नेतले नेपालखबरसँग भने, ‘मृतक महिलाका श्रीमान चट्याङ लागेर गम्भीर घाइते छन्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad