कारोबार


स्वस्तिक ढकालले जिते म्यानहन्ट इन्टरनेसनल नेपाल–२०२५ को उपाधि

स्वस्तिक ढकालले जिते म्यानहन्ट इन्टरनेसनल नेपाल–२०२५ को उपाधि

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १६:२०, काठमाडौँ

म्यानहन्ट इन्टरनेसनल नेपाल २०२५ को उपाधि स्वस्तिक ढकालले जितेका छन्।

काठमाडौँमा आयोजित प्रतियोगितामा ढकालले उपाधिमाथि कब्जा जमाएका हुन्।

नेपालकै सबैभन्दा पुरानो पुरुषहरुको सौन्दर्य प्रतियोगिताको यो १४औँ संस्करण वैशाख १३ गते शनिबार ठमेलस्थित जिएए हलमा सम्पन्न भएको थियो।

यो प्रतियोगितामा श्रीजेश जोशीले मिस्टर इन्टरनेसनल नेपाल २०२५ को उपाधि जिते भने केलिशन बज्राचार्यले मिस्टर कस्मोपोलिट नेपाल २०२५ को उपाधि जिते। प्रतियोगितामा रुजित दुवालले फर्स्ट रनर्सअप तथा रिभन कुँवरले सेकेण्ड रनर्सअपको उपाधि जिते।

आयोजक संस्थाले जनाए अनुसार सन् १९९५ देखि प्रारम्भ भएको यो प्रतियोगिता नेपाली युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेसन र मोडलिङ क्षेत्रमा अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ। यो प्रतियोगिताका विजेताले म्यानहन्ट इन्टरनेसनल तथा मिस्टर कस्मोपोलिट जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउने छन्।

आयोजक संस्थाले भनेको छ, ‘देशको सबैभन्दा पुरानो पुरुष अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये एक भएको नाताले, हाम्रो मूल मन्त्र भनेको नेपालको युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा फेसन तथा मोडलिङ उद्योगमा अवसर सिर्जना गर्नु हो। साथै, प्रतियोगीहरूलाई प्रेरणादायी रोल मोडल तथा उदाहरणीय नागरिक बन्ने गरी प्रशिक्षण दिनु पनि हाम्रो उद्देश्य हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad