समाज


सर्वोच्चले डिल्लीबजार कारागारलाई पत्र लेखेर भन्यो : रेशमलाई तत्काल छोड्नू

सर्वोच्चले डिल्लीबजार कारागारलाई पत्र लेखेर भन्यो : रेशमलाई तत्काल छोड्नू

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १६:३५, काठमाडौँ

सर्वोच्च अदालतले पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र लेखेको छ।

सहरजिस्ट्रार अच्युत कुइँकेलले रेशम चौधरीलाई डिल्लीबजार कारागारका नाममा सर्वोच्चबाट लेखिएको पत्र आधिकारिक नभएको स्पष्ट पारेका छन्।

प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२।१।१७ मा कैदमा राखी पठाइएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं. ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ।’

चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

उनले आफूखुसी पत्र लेखेको पाइएकाले प्रहरीले पक्राउ गरेको सर्वोच्च अदालतका अधिकारीले बताएका छन्।

विष्टलाई सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो।

यसअघि उक्त पत्र कसरी लेखियो भनेर सर्वोच्च प्रशासनले छानबिन गरेको थियो। उक्त पत्रचार विष्टले आफूखुसी लेखेको भेटिएपछि विष्टलाई पक्राउ गर्न सर्वोच्च प्रशासनले निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad