कारोबार


हिजो बढेको सुनको मूल्य आज घट्यो, चाँदी पनि सस्तियो

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
हिजो बढेको सुनको मूल्य आज घट्यो, चाँदी पनि सस्तियो

नेपालखबर
बैशाख १७, २०८२ बुधबार ११:२०, काठमाडौँ

सुनचाँदीकै मूल्य आज घटेको छ। सुनको मूल्य आज प्रतितोला सातसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मूल्य घटेर आज सुन तोलाको एक लाख ८८ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ८८ हजार आठसय रुपैयाँ थियो।

गएको सोमबार सुन तोलामा १४ सय रुपैयाँ घटेको थियो भने मंगलबार पाँचसय रुपैयाँले बढेको थियो।

गत मंगलबार सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad