नेपाल राष्ट्रबैंकले हायरपर्चेज कर्जामा कडाई गरेकोछ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई संशोधन गर्दै हायर पर्चेज कर्जामा कडाई गरेको हो।
उक्त व्यवस्था अनुसार अब हायरपर्चेज कर्जा दिँदा कम्पनीहरुले लोन टु भ्यालु रेसियो ६० प्रतिशतका दरमा मात्रै कर्जा प्रवाह गर्नुपर्ने छ।
यसअघि यस्तो ऋणमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिँदै आएको थियो। राष्ट्र बैंकले उक्त व्यवस्था संशोधन गर्दै ४० प्रतिशत अनिवार्य नगद र ६० प्रतिशत रकम भने कर्जा लिन पाउने व्यवस्था गरेको हो।
राष्ट्र बैंकले यो व्यवस्था विद्युतीय र पेट्रोलबाट चल्ने दुवै प्रकृतीका सवारीसाधनमा लागू गरेको जनाएको छ।
534
Shares

प्रतिक्रिया