कारोबार


११ जिल्लाबाट पक्राउ परेका यी २१ जना, जसले गरे झण्डै १८ अर्बको ‘अवैध’ कारोबार

११ जिल्लाबाट पक्राउ परेका यी २१ जना, जसले गरे झण्डै १८ अर्बको ‘अवैध’ कारोबार

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १७:४३, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ११ जिल्लाबाट अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ। 

पक्राउ परेका सबै भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र करछलीलगायतमा संलग्न रहेको सीआईबीले उल्लेख गरेको छ। 

उनीहरुबाट १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार भएको छ। 

उनीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा अवैध कारोबारबापत प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रालि) कम्पनीहरुको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्न मनी म्युल परिचालन गरेको सीआईबीले उल्लेख गरेको छ। 

यसरी ठूलो परिमाणमा नगदै रकम खातामा प्लेसमेन्ट गरी त्यो रकमलाई विभिन्न रेमिट्यान्स भुक्तानी गर्ने कम्पनीहरुले उक्त डिजिटल वालेट कम्पनीमार्फत ईमनी बनाइ सो रकम रेमिट्यान्सबापत भुक्तानी पाउनुपर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीका नेपालमा रहेका आफन्तको खातामा ट्रान्सफर गर्ने गरेको फेला परेको हो। 

सीआईबीका अनुसार रेमिट्यान्सबापतको रकम हिसाब मिलान गरेको देखिएको छ। 

योसँगै सम्बन्धित मनी ट्रान्सफर र त्यसका सञ्चालक समेतका व्यक्तिहरुलाई राष्ट्र बैंक ऐन २०५८ बमोजिम कसुरउपर छानबिन भइरहेको सीआईबीले उल्लेख गरेको छ। 

को को पक्राउ परे? 
सीआईबीले पक्राउ गरेकामा डीएस ट्रेडर्स तथा रेमिट्यान्सका वीरेन्द्र साह र दीपेन्द्र साह छन्। उनीहरुले २ अर्ब ८२ करोड, १९ लाख ३३ हजार १८ रुपैयाँ कारोबार गरेको देखिएको छ। 

त्यसैगरी दीपज्योति ट्रेडर्सका श्रवण कुमार साह (महोत्तरी)को १ अर्ब ५१ करोड २० लाख ६० हजार ४२४ रुपैयाँ, रिया ट्रेडर्सका तारालाल यादव (सप्तरी)को १ अर्ब ३९ करोड ५५ लाख ३५ हजार ४२५ रुपैयाँ, आनन्द ट्रेडर्सका हरेराम महतो (सर्लाही)को १ अर्ब २ करोड ६३ लाख ९८ हजार ८४७ रुपैयाँ, न्यु सन्ध्याका निरोज कुमार महतो (धनुषा)को ८४ करोड ७ लाख ८६ हजार ५८४ रुपैयाँको अवैध कारोबार भेटिएको छ। 

यसबाहेक अलिता मनी ट्रान्सफरकी अलिता देवी महतो (धनुषा) र धनुषाकै प्रकाश सिंहकोको ९६ करोड ७५ लाख ४६ हजार ६०० रुपैयाँ, श्री एन्जल इन्टरप्राइजेज (धनुषाका अरुण कुमार साहको ८६ करोड ८५ लाख ३४ हजार ५७३ रुपैयाँ, आर एन्ड आर सबरेमिट प्राइभेट लिमिटेड पर्साका प्रदीप कुमार साहको १ अर्ब १ करोड १५ लाख ९१ हजार ९२० रुपैयाँ, जय मा  जानकी मनी ट्रान्सफर धनुषाका सञ्जीव कुमार महतोको ६४ करोड ३ लाख ८८ हजार ५०५ रुपैयाँको कारोबार अवैध रहेको सीआईबीले जनाएको छ। 

यसबाहेक पुजा सप्लायर्स नवलपरासीका राजकमल लोनियाको ९७ करोड ५९ लाख ९८ हजार ३२५ रुपैयाँ, टासी ट्राभल्स एन्ड टुर्स नवलपरासीकी भीम कुमारी गुरुङको ७९ करोड ७१ लाख २४ हजार १८४ रुपैयाँ, शिवम् इन्टरप्राइजेज सप्तरीका रामविलास साह र ममता कुमारी साहको ९९ करोड २८ लाख २६ हजार ७७० रुपैयाँ, सास्विका मनी ट्रान्सफर पर्साका विकरर्णजंग राणाको ६८ करोड ६४ लाख ५६ हजार ४०७ रुपैयाँ, गोल्डेन स्काई टुर्स एन्ड ट्राभल्सका गणपति पाण्डे (नवलपरासी)को ९१ करोड १२ लाख ७५ हजार ८३२ रुपैयाँ, खुसी मनी ट्रान्सफरका सलमा खातुन (वीरगन्ज)को ७५ करोड ५५ लाख २६ हजार ३५८ रुपैयाँको अवैध कारोबार गरेका छन्। 

त्यसैगरी राधिका ट्रेडर्सकी सुशीला कुमारी शाहु (सप्तरी)ले ५७ करोड ४८ लाख ९४ हजार ८२२ रुपैयाँ, हिमालयन मनी ट्रान्सफरका गोविन्द प्रसाद आचार्य (चितवन)को ५१ करोड ४९ लाख ९ हजार ७४४ रुपैयाँ र सगरमाथा रेमिट्यान्सका शम्भु मेहता (सप्तरी)को ५७ करोड ३२ लाख ५० हजार ७६९ रुपैयाँको अवैध कारोबार रहेको सीआईबीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad