सुदूरपश्चिम


एमाले अछामको नेतृत्वमा अझै जुटेन सहमति

एमाले अछामको नेतृत्वमा अझै जुटेन सहमति

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १७:४८, कञ्चनपुर

नेकपा एमाले अछामको नयाँ नेतृत्व चयनमा सहमति जुट्न सकेको छैन। आकांक्षी बढी हुँदा नयाँ नेतृत्वमा सहमति जुट्न नसकेको हो।

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, अछाम इन्चार्ज झपड बोहरा र नेता कमल तिमिल्सिना लगायत नेताहरु आकांक्षीबीच सहमति जुटाउने प्रयासमा छन्।

‘हिजोदेखि नै सहमतिका लागि छलफलमा छौँ। तर सहमति जुटेको छैन,’ एक नेताले भने, ‘पालिकाबाट भूगोल क्लष्टरबाट जिल्ला कमिटीमा आउने सदस्यमध्ये ३ पालिकाको लगभग टुंगो लागेको छ।’

ती नेताका अनुसार अध्यक्षसहित अन्य पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमति जुट्न नसकेको हो।

एमाले अछामको ९ औँ जिल्ला अधिवशेन अन्तर्गत निर्वाचन कमिटीले आइतबार निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको थियो। जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ।

कार्यतालिकाअनुसार सोमबार उम्मेदवारी दर्ता, दाबी विरोध र अन्तिम नामावली प्रकाशन र १६ गते दिउँसो ३ बजे मतदान छ।

तर निर्वाचन कार्यतालिकाअनुसार सोमबार उम्मेदवारी दर्ता भएको छैन। आकांक्षीबीच सहमतिका लागि छलफल भइरहेकोले सहमति नजुटे उम्मेदवारी दर्ता प्रक्रियामा गएर चुनावमा जाने नेताहरू बताउँछन्।

नेकपा एमाले अछामको अध्यक्षमा ७ जनाले दाबी गरेका छन्। हालका अध्यक्ष चन्द्रबहादुर बोहरा पनि फेरि अध्यक्षमा दोहोरिने इच्छा देखाएका छन्। एमालेको पालिका, जिल्ला र प्रदेशका विभिन्न कमिटीमा काम गरेका डिबी साउदले पनि अध्यक्षमा दाबी गरेका छन्।

यस्तै जिल्ला सचिव भीम रावल (कालोटोपी) ले पनि अध्यक्षमा सशक्त दाबी गरेका छन्। प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्याय, बमबहादुर बिसी, हिरण्ड भट्टराई र जिल्ला कमिटी सदस्य तिलक कुँवर पनि अध्यक्षका दाबेदार हुन्।

शनिबार एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टले अधिवशेन उद्घाटन गरेका थिए। आइतबार बन्द सत्र सम्पन्न भएको थियो। 

एमाले अछामको नेतृन्त हत्याउन नेताहरूबीच रस्साकस्सी चलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad