सुनको मूल्य आज फेरि अहिलेसम्मकै उच्च बनेको छ। विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो।
सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
चाँदीकाे मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो। गत साताको बुधबार सुन तोलामा २७ सय र बिहीबार तीनहजार ६ सय रुपैयाँ बढेको थियो। त्यस अघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो।
अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन्।
Shares

प्रतिक्रिया