अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिमा प्रचलित उमेर हदको व्यवस्था संशोधनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट र भावी गभर्नरसम्बन्धी पूरक निवेदनको पेसी भोलिलाई तोकिएको छ।
आइतबार हेर्न नभ्याइएपछि सोमबारलाई दुवै रिटको पेसी तोकिएको हो।
उमेर हदसम्बन्धी मापदण्ड संशोधनविरुद्धको रिटमा यसअघि नै अल्पकालीन आदेश जारी भइसकेकाे छ। आइतबार अन्तरिम आदेशका लागि बोलाइए पनि सुनुवाइ हुनसकेन।
त्यससँगै योग्यता नपुगेका व्यक्तिलाई गभर्नर बनाउन खोजिएको भन्दै सोही रिटको अर्को पूरक निवेदन पनि सर्वोच्चमा दर्ता भएको छ। रिट र पूरक निवेदन दुवैको सुनुवाइ आइतबार हुने भनिएको थियो। तर हेर्न नभ्याएपछि अब सोमबार पेसी तोकिएको हो।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति दुई सत्ता साझेदार दलले गरेका समाचार आएपछि सर्वोच्चमा पूरक निवेदन दर्ता गरिएको थियो।
आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजालासमा उक्त रिट ४० औँ नम्बरमा राखिए पनि हेर्न नभ्याएपछि पेसी सरेको हो।
यो पनि-
Shares

प्रतिक्रिया