कारोबार


अनधिकृत रूपमा १ करोड ट्रान्सफर गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

अनधिकृत रूपमा १ करोड ट्रान्सफर गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार ५:३०, काठमाडौँ

आर्थिक अपराधमा संलग्न गिरोहले खाता ‘सस्पेन्ड’ हुन लागेको बताउँदै अनधिकृत रूपमा चार हजारभन्दा बढीको ई–सेवाको खातामा पहुँच पुर्‍याइ करोडौँ रकम ट्रान्सफर गरेको पाइएको छ।

‘फिसिङ लिंक’ पठाइ ई–सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढालाई प्रहरीले पक्राउ गरेको छ। 

उनले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाइ खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिइ भेरिफाइका लागि लिंक खोल्न लगाई ई–सेवामा अनधिकृत पहुँच पुर्‍याइ रकम ठगी गरेका हुन्।

उनले चार हजारभन्दा बढी व्यक्तिको ई–सेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको खातामा एक करोड दुई लाख रुपैयाँ बराबर रकम ट्रान्सफर गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।

रकम चोरीमा संलग्न उनलाई काठमाडौँको कालीमाटीबाट पक्राउ गरीकार्यालयले घटना विवरण सार्वजनिक गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad