समाज


१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८२ बिहिबार ६:५, ताप्लेजुङ

ताप्लेजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्।

प्रहरीले पीडित बालिका र युवक दुवैको नाम, ठेगाना खुलाएको छैन। ती युवकले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ती युवकले सोमबार राति शौचालय गएको समयमा विभिन्न डरत्रास र धम्की देखाउँदै बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। 

पीडित पक्षले दिएको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा आरोपित युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए

पक्राउ परेका युवकलाई ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad