कारोबार


सेयरबजार लगातार हरियो, १४७ वटा सेयरको मूल्य बढ्यो

सेयरबजार लगातार हरियो, १४७ वटा सेयरको मूल्य बढ्यो

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १६:१, काठमाडौँ

सेयरबजारमा लगातार दोस्रो दिन सूचक बढेको छ। 

बजार परिसूचक नेप्से ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा पुगेको हो। 

यस दिन १ करोड ६६ लाख कित्ता सेयर बिक्री हुँदा ७ अर्ब २६ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

बुधबारको कारोबारमा १४७ वटा सेयरको मूल्य बढेको छ भने ९७ वटाको घटेको र दुईवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ। यसबाहेक नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ र राधी जलविद्युतको क्रमशः ९.९९, ९.९९ र ९.९७ प्रतिशतले बढेको छ। 

आज गुराँस लघुवित्तको ५.५५ प्रतिशतले घट्नेबाहेक त्योभन्दा धेरै गिरावट दर छैन। 

कारोबारतर्फ आज ङादी ग्रुप पावरको ५९ करोड, राधी जलविद्युत्को ५० करोड, बलेफी हाइड्रोको ४२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४० करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad