ad ad

समाज


नेपालमा कोरोना परीक्षण अपडेटः आज कति जनाको रिपोर्ट आयो?

नेपालमा कोरोना परीक्षण अपडेटः  आज कति जनाको रिपोर्ट आयो?

नेपालखबर
चैत १७, २०७६ सोमबार ११:४७,

संक्रमण शंका गरिएका बिरामीमा कोरोना भाइरस छ कि छैन भनेर दैनिक नमुना परीक्षण तथा त्यसको नजिता सार्वजनिक गरिरहेको सरकारले साेमबार ७६ परिणाम (रिपोर्ट) प्रकाशन गरेको छ।

स्वास्थ्य तथा जसंख्या मन्त्रालयले प्रकाशन गरेको तथ्यांकअनुसार सोमबार आएका सबै रिपोर्टमा कोरोना भाइरस नेगेटिभ अर्थात् नरहेको पाइएको छ।

मन्त्रालयले आफ्नो वेबसाइटमा सोमबार अपराह्न अपडेट गरेको तथ्यांकमा अहिलेसम्म कोरोना परीक्षणको संख्या ९९३ पुगेको छ। आइतबार यो संख्या ९१७ थियो।

Screenshot 23

यीमध्ये अहिलेसम्म ५ जनामा मात्रै कोरोना भाइरस भएको पाइएको छ। अर्थात् कोरोना संक्रमण शंका गरिएका ९८८ बिरामीमा भने यो भाइरस नभएको पुष्टि भएको छ।

कोरोना संक्रमित ५ मध्ये एक जना निको भइसकेका छन् भने ४ जनाको उपचार जारी छ।

आजै सार्वजनिक तथ्यांकअनुसार बुटवल कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा पनि कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

नेपालमा कोरोना भाइरसको परीक्षण अहिलेसम्म काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा मात्र हुन्छ। तसर्थ देशभरिका कोरोना शंका गरिएका बिरामीको स्वास्थ्य परीक्षणका लागि उनीहरूको नमुना (र्‍याल) परीक्षण गराउन टेकु प्रयोगशालामै पठाइन्छ।

केही दिनयता नेपालमा कोरोना भाइरस लक्षण देखिएका बिरामीको नमुना परीक्षण गर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .