कारोबार


वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ विजयी

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ विजयी

नेपालखबर
चैत ३०, २०८१ शनिबार १२:५१, काठमाडौँ

वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन्।

संघको नयाँ नेतृत्व चुन्न भएको चुनावमा गुरुङ प्रतिस्पर्धी नरेश गेलालाई ६१ मतान्तरले हराउँदै विजयी भएका हुन्।

शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा विजयी गुरुङले ४२८ मत प्राप्त गर्दा पराजित गेलालले ३६७ मत मात्र पाएका छन्।

अध्यक्षमा निर्वाचित गुरुङ संघको पूर्वद्वितीय उपाध्यक्ष एवं गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन्। 

यस्तै प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा वैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन्। 

यस्तै महासचिवमा महेशकुमार बस्नेत विजयी भएका छन्। बस्नेतले ४२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत पाए।

यसैगरी सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका छन्।

सदस्यमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे, विद्यालक्ष्मी बज्राचार्य विजयी भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad