फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ०४ अर्ब ८२ करोड (६.० प्रतिशत) ले बढेको छ।
गत वर्षको फागुनसम्म १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेकोमा थप सुधार भएको हो।
वार्षिक विन्दुगत आधारमा २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ।
२०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशत, विकास बैंकहरुको ३.१ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.७ प्रतिशतले बढेको छ।
२०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत छ भने घर जग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३१.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशतले, हायर पर्चेज कर्जा ४.७ प्रतिशतले, नगद प्रवाह कर्जा ३.६ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.६ प्रतिशतले घटेको छ ।
Shares

प्रतिक्रिया