कोशी


मोरङ र झापामा चट्याङबाट २ जनाको मृत्यु, एकजना घाइते

मोरङ र झापामा चट्याङबाट २ जनाको मृत्यु, एकजना घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत २७, २०८१ बुधबार १७:२९, विराटनगर

मोरङ र झापामा चट्याङले लागेर बुधबार दिउँसो दुई जनाको मृत्यु भएको छ। मोरङको होक्लाबारी र झापाको गौरादहमा गरी दुई जनाको चट्याङ लागेर मृत्यु भएको हो।

झापाको गौरादह नगरपालिका–५ मा चट्याङले ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको प्रहरीले जनाएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे घर भइ स्थानीय गोमनाथ चेम्जोङको खेतीमा काम गर्ने लावतीको चट्याङले मृत्यु भएको हो। 

त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा परेको चट्याङले १२ वर्षीय आविष्कार बरालको मृत्यु भएको छ। मामा शंकर दाहालको घरमा पाहुना आएका सुनसरीको इटहरीका विश्वराज बरालका छोरा आविष्कारलाई साइकल कुदाइरहेको अवस्थामा परेको चट्याङले लाग्दा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

चट्याङले गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर ल्याइएको थियो। अस्पताल पुर्‍याउनसाथ  चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै भोजपुर नगरपालिका- २ सिमेका रून्चे तामाङलाई चट्याङले लाग्दा उनी गम्भीर भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad