ad ad

कारोबार


नेपाल लाइफको थप दुईवटा सेवा सार्वजनिक, यसरी गर्न सकिन्छ अनलाइनबाटै भुक्तानी

नेपाल लाइफको थप दुईवटा सेवा सार्वजनिक, यसरी गर्न सकिन्छ अनलाइनबाटै भुक्तानी

नेपालखबर
चैत १७, २०७६ सोमबार ६:७,

नेपाल लाइफले थप दुईवटा अनलाइन सेवा सार्वजनिक गरेको छ।

कम्पनीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा सकेसम्म अत्यावश्यकभन्दा बाहेकका अवस्थामा घरमै बस्नुपर्ने हुनाले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै म्याचुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा सञ्चालनमा ल्याएको हो।

म्याचुरिटी क्लेम सेवामार्फत आफ्ना बीमितहरुले बीमा लेख म्याचुरिटी हुने समयावधिको जानकारी लिन सक्नेछन्।

यस सेवामा म्याचुरिटीको समय पुगेका बीमितहरुले आफ्नो बीमा लेखको म्याचुरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन्। जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याचुरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ।

त्यसैगरी क्लेम इन्टिमेसन सेवाअन्तर्गत दाबीकर्ताहरुले घरमै बसेर अनलाइनमार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन्। जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनेछन्।

यो लिंक (यहाँ क्लिक)  गएर सिधै उक्त सेवा लिन सकिनेछ ।

नेपाल लाइफले आप्mना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समयसापेक्ष अझ परिष्कृत गर्दै लगेको जनाएको छ।

जसअन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ।

आगामी दिनमा समयसापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा भर्चुअल अफिसको रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।

यस विषम परिस्थितिमा बीमासम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आप्mना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा÷उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

म्याचुरिटी क्लेम र क्लेम इन्टिमेसनका लागि ग्राहकले यो लिंक (यहाँ) क्लिक गर्न सक्नेछन्।

त्यस्तै म्याचुरिटी क्लेम र क्लेम इन्टिमेसनका लागि सेवा लिने ट्युटोरियलको लागि यो लिंक (यहाँ) क्लिक गर्नुपर्नेछ।

यस्तै, सम्पर्क व्यक्तिको लागि यो लिंक (यहाँ) क्लिक गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले इन्स्योरेन्सको प्रिमियम इसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत अनलाइन भुक्तानी गर्न मिल्ने बनाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .