ad ad

समाज


कोरोना भाइरसले अमेरिकामा दुई लाख मानिसको मृत्यु हुनसक्छः ट्रम्प

कोरोना भाइरसले अमेरिकामा दुई लाख मानिसको मृत्यु हुनसक्छः ट्रम्प

नेपालखबर
चैत १७, २०७६ सोमबार ६:१२,

आइतबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकामा धेरैले ज्यान गुमाउने सम्भावना रहेको बताएका हुन्।

ट्रम्प अगाडि अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका थिए।

राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एकजना मुख्य अनुहार सरुवारोगविज्ञ डा. एन्थोनी फाउचीले आइतबार नै त्यस्तो बताएका थिए। डाक्टर एन्थोनी फाउची अमेरिकाका मुख्य सरुवारोग विशेषज्ञ मानिन्छन्।

सोमबारसम्म अमेरिकामा १ लाख ४२ हजार ७३५ कोरोना संक्रमित छन्। त्यहाँ २४ सय ८८ को मृत्यु भइसकेको छ। अमेरिकामा गएको दुई दिनमा मृतकको संख्या दोब्बरले बढेपछि डा. फाउचीको पछिल्लो भनाइ आएको हो।

शनिबार ट्रम्पले डा. एन्थोनी फाउचीको अनुसन्धानमा सहमति जनाउँदै अमेरिकामा धेरैले ज्यान गुमाउने जानकारी दिए। यद्यपी ट्रम्पले अमेरिकामा सबैले कोरोना भाइरसविरुद्ध उल्लेखनीय काम गरिरहेको बताए।

फाउचीले शनिबार सीएनएनसँग भनेका थिए,‘मैले कोरोना भाइरसजस्तो रोगको हालसम्म सामना गरेको थिइन। यसले साह्रै खराब अवस्था निम्त्याएको छ।’

अमेरिकामा अहिले सबैभन्दा ठूलो चिन्ता भेन्टिलेटरको अपर्याप्त व्यवस्थालाई लिएर भइरहेको छ। अमेरिकाका आधाजसो सङ्क्रमित न्यूयोर्क राज्यमा छन्।

ट्रम्पले आउँदा दुई सातामा मृत्युदरको उच्च विन्दू पुग्ने भएकाले सरकारी मार्गदर्शनहरू विस्तारित गरिएको बताएका छन्।

जसमा उच्च प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यका मानिसहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न भनिएको छ।

यसैबीच ट्रम्पले आइतबर नै अप्रिल ३० सम्मका लागि ‘सोसल डिस्टेन्सिङ गाइडलाइन्स’ लागू हुने बताएका छन्।

यसको मतलब अमेरिकामा अब भीड गर्न पाइने छैन, समूहमा बस्न पाइने छैन। शारीरिक दुरी कायम गर्न भनिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .