कारोबार


ग्रे लिस्टबाट बाहिर निकाल्न कार्ययोजना बनाउँदै सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समिति

ग्रे लिस्टबाट बाहिर निकाल्न कार्ययोजना बनाउँदै सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समिति

नेपालखबर
चैत २६, २०८१ मंगलबार १६:१२, काठमाडौँ

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ।

सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ।

जिम्मेवार निकायहरु, क्रियाकलाप र क्रियाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्ययोजना कार्यान्वयन गरिने भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्ययोजनाअनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए।

उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे। महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको उल्लेख गरे। 

मुख्यसचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको औँल्याए। उनले प्रविधिलाई जोड दिएर कार्ययोजनाअनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउन सक्ने बताए।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर नीलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्य योजनाअनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन्। 

बैठकमा सहभागीहरुले जोखिम मूल्यांकन, अन्तर्निकाय समन्वय, नियमन तथा सुरपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्ति लगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनभन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए।

नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad