कारोबार


गभर्नरको ५ वर्षे कार्यकालमा अधिकारीले कति कमाए? यस्तो छ उनको सम्पत्ति विवरण

गभर्नरको ५ वर्षे कार्यकालमा अधिकारीले कति कमाए? यस्तो छ उनको सम्पत्ति विवरण

नेपालखबर
चैत २६, २०८१ मंगलबार १४:२२, काठमाडौँ

नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले पाँच वर्षे कार्यकालमा गरेको आम्दानीसहितको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

नेपाल राष्ट्र बैंकले ५ वर्षमा अधिकारीको सम्पत्ति २३ लाख रुपैयाँले बढ्दा वाणिज्य बैंकहरुमा रहेको पैसा २६ हजार ३०६ अमेरिकी डलरले बढेको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

विवरणमा वाणिज्य बैंकहरुको खातामा रहेको रकमबाहेकका रकममा धेरै भिन्नता देखिएको छैन।

अधिकारी २०७६ चैत २५ गते गभर्नरमा नियुक्त भएका थिए। त्यसबेला उनको सम्पत्ति ३ करोड ४५ लाख रुपैयाँ रहेकोमा २०८१ चैत २२ मा ३ करोड ६९ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ। 

अधिकारीले ३२ लाख रुपैयाँबराबरको घर, १ करोड ८ लाख बराबरको १० कित्ता जग्गा देखाएका हुन्। उनले पाँच वर्षमा घर र जग्गा नथपेको विवरणमा उल्लेख छ। 

यस्तै बैंक मौज्दात तथा सञ्चय कोष शीर्षकमा उनले २८ लाख ४४ हजार रुपैयाँ र  १ करोड ८९ लाख रुपैयाँबराबर लगानी म्युचुअल फन्ड तथा विभिन्न धितोपत्रमा रहेको देखाएका छन्। 

उनले आफूसँग ९ लाख बराबर सुनचाँदी तथा नगद, खुद प्राप्त हुनुपर्ने रकममा भने २४ लाखले ऋणात्मक विवरण देखाएका छन्। योबाहेक १० लाखबराबरको सवारीसाधन रहेको देखाएका उनले अन्य सम्पत्ति शीर्षकमा भने १५ लाख रुपैयाँ रहेको देखाएका छन्।

अधिकारीले वाणिज्य बैंकमा भएको पैसामा भने २६ हजार ३०६ अमेरिकी डलर अर्थात् ३६ लाख १९ हजार ५ सय २४ रुपैयाँले बढेर कुल ३९ लाख ३५ हजार ७ सय १३ रुपैयाँ पुगेको सार्वजनिक सम्पत्ति विवरणमा देखाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad