राजनीति


राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेरिन्छ: ज्ञानेन्द्र शाही

राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेरिन्छ: ज्ञानेन्द्र शाही

नेपालखबर
चैत २६, २०८१ मंगलबार १४:२६, काठमाडौँ

राष्ट्रिय प्रजान्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले गणतन्त्रवादी नेताको घर घेर्ने चेतावनी दिएका छन्। मंगलबार काठमाडौँको बल्खुमा आयोजित पार्टीको बृहत् आफ्ना पार्टीका नेतालाई झुटा मुद्दा लगाएर थुन्ने कोसिस भइरहेको भन्दै गणतन्त्रवादीहरूको घर घेर्ने चेतावनी दिएका हुन्।  

काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साएको आरोपमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए। उनीहरूलाई प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। 

शाहीले मिश्र र राणातर्फ संकेत गर्दै आफ्ना नेतालाई तत्काल रिहा गर्न माग गरे। 

त्यस्तै उनले १६ वर्षको अवधिमा गणतन्त्रवादीहरूले १४ सरकार चलाएको, एक हजारजना मन्त्री भएको, तीन हजार हाराहारी सांसद भएको, ३१ जना मुख्यमन्त्री भएको तर जनताको लागि केही नगरेको आरोप लगाए। 

'२५ वटा अस्पताल राजाले बनाएका थिए,  यिनीहरूले के बनाए?,' उनले भने, 'यसकैविरुद्ध हामीले आन्दोलन गरेका हौँ।’ 

शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर कांग्रेस एमाले र माओवादीलगायत गणतन्त्रवादी नेताहरूले बताउने गरे पनि भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad