कारोबार


अर्थ मन्त्रालयले माग्यो बजेट सुझाव, कसरी पठाउने?

अर्थ मन्त्रालयले माग्यो बजेट सुझाव, कसरी पठाउने?

नेपालखबर
चैत २६, २०८१ मंगलबार १३:२, काठमाडौँ

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि सार्वजनिक सुझाव माग गरेको छ। 

आगामी वैशाखभित्र दिन सकिने गरी बजेट सुझाव माग गरेको हो। 

मन्त्रालयले आगामी बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरिसकेको छ। 

त्योसँगै बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुबारे सुझावहरु दिन सकिने भएको हो। 

मन्त्रालयका अनुसार विभिन्न संघ÷संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत् तथा आमनागरिकमा सुझाव माग गरिएको हो। 

इच्छुकले मन्त्रालयको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मार्फत सुझाव दिन सकिनेछ भने यो इमेल ([email protected]) बाट पनि पठाउन सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad