समाज


आज पनि सहकारी र लघुवित्तपीडितको प्रदर्शन

आज पनि सहकारी र लघुवित्तपीडितको प्रदर्शन

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८१ मंगलबार १३:६, काठमाडौँ

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलवार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। मंगलवार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिवाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन्।

उनीहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको वचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो।

सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका छन्। उनीहरूले सोमवार पनि शान्तिवाटिकादेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad