कारोबार


कृषि विकास बैंकले माग्यो ११८ जना कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो ११८ जना कर्मचारी (सूचनासहित)

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८१ शुक्रबार ७:४२, काठमाडौँ

कृषि विकास बैंकले ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। 

बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि एक सय १८ जना कर्मचारी माग गरेको हो। 

कृषि विकास बैंकले आठौँ तहको शाखा अधिकृत १ जना, छैटौँ तहको व्यवसाय अधिकृत ४८ जना, छैटौँ तहकै एमआईएस अधिकृत ३ जना, छैटौँ तहकै कानुन अधिकृत १ जना, छैटौँ तहकै कम्प्युटर अधिकृत १ जना, छैटौँ तहकै कर्जा अधिकृत ५ जना र चौथो तहको लेखापाल ५९ जना पदपूर्ति गर्न चाहेको सूचनामा उल्लेख छ। 

यी पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाटै अनलाइन माध्यमबाट फारम भर्न पनि कृषि विकास बैंकले आग्रह गरेको छ। 

हेर्नुहोस सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad