नेपाल विद्युत् प्राधिकरणको धनुषास्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनमा आगलागी भएको छ।
ढल्केबर सबस्टेसनको ग्रिड महाशाखा प्रमुख विनोद लोहनीले बाहिरको आगो सबस्टेसनभित्र सल्किँदा १ घण्टासम्म आगलागी भएको नेपालखबरलाई जानकारी दिए।
नेपाली सेना, प्रहरीका दमकलले अहिले आगो नियन्त्रणमा लिइसकेको उनको भनाइ छ।
‘अहिले आगो नियन्त्रण गरिएको छ, इलेक्ट्रिकल टेस्टिङहरु गरिरहेका छौँ। क्षतिबारे अहिले नै थाहा छैन’, उनले भने। केही केबल (तारहरु)मा क्षति पुगेको हुनसक्ने उनले बताए।
आपूर्ति लाइनको परीक्षण गरेर सबस्टेसन सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।
यता प्राधिकरणका केन्द्रीय प्रवक्ता राजाभाइ शिल्पकारले पनि ढल्केबर सबस्टेसनमा आगलागी भएको पुष्टि गरे। उनका अनुसार सबस्टेसनको पावर ट्रान्सफरमा आगलागी भएको हो।
योसँगै बरहथहवा सबस्टेसन बन्द गरिएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया