ad ad

कारोबार


पर्यटक उद्धार गर्न तारा एयरको आइतबार मात्रै चार उडान

पर्यटक उद्धार गर्न तारा एयरको आइतबार मात्रै चार उडान

नेपालखबर
चैत १६, २०७६ आइतबार ६:१८,

तारा एयरले लुक्लामा आज आइतबार मात्रै ४ वटा रेस्क्यु उडान रहेको छ। अमेरिका र बेलायतका नागरिकसहित टुरगाइड र ट्राभल एजेन्टलाई रेस्क्यु उडानमार्फत काठमाडौं ल्याउन लागेको कम्पनीले जनाएको छ।

ताराले आइतबार बिहान १० बजेसम्म दुई उडान भरिसकेको यति एयरलाइन्सले जानकारी दिएको छ।

‘आज हाम्रो लुक्लामा ४ उडान रहेको छ’, यति एयरलाइन्सकी विपना श्रेष्ठले नेपालखबरसँग भनिन्, ‘अमेरिका र बेलायतका ३० जनालाई उद्धार गरिसकेका छौं।’

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सतर्कता अपनाउँदै ‘लकडाउन’ गरेपछि पर्यटकहरु अलपत्र परेका थिए। उनीहरुलाई यती एअरलाइन्स र यसको भगिनी संस्था तारा एअरले उद्धारको कार्य गर्दै आएको छ।

शनिबारसम्म यति र ताराले लुक्लाबाट ८१ र पोखराबाट ६० जनाको उद्धार गरिसकेको श्रेष्ठले जानकारी दिइन्।

काठमाडौंस्थित जर्मनी, अस्टे«लियन र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्धारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर निजी वायुसेवा कम्पनी यती एअरलाइन्स र तारा एअरले पर्यटकहरु उद्धारका लागि आफ्ना विमानहरु पठाएको हो।

यती एअरलाइन्सको ७२ सिट क्षमता भएको विमान पोखरा पठाइएको थियो भने तारा एअरको १८ सिट क्षमता भएको ट्विन ओटर विमान लुक्ला पठाइएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .