ad ad

समाज


प्रहरीले नै अलपत्र ५० कामदारलाई टिपर चढाएर घर पठायो

प्रहरीले नै अलपत्र ५० कामदारलाई टिपर चढाएर घर पठायो

नेपालखबर
चैत १६, २०७६ आइतबार ६:८,

केही दिनअघिसम्म टिपरमा चढेर घर फर्किएको भन्दै सयौं कामदार पक्राउ गरेको प्रहरीले शनिबार भने आफैं चढाएर घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ।

शनिबार राति सप्तरीको रुपनी चोकमा अलपत्र परेका ५० जना कामदारलाई टिपरमा चढाएर घर पठाएको सप्तरी प्रहरीले जनाएको छ।

विराटनगर, इटहरी, राजविराजलगायत स्थानबाट फर्किएका कामदार त्यहाँ अलपत्र परेका थिए। प्रहरीले उनीहरुलाई खाजा खुवाउने व्यवस्थासमेत गरेर पठाएको हो।

ना १ क ६२६७ नम्बरको टिपरमा सर्लाहीको लालबन्दीसम्म पुर्याउने व्यवस्था मिलाएको सप्तरीको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

यसरी घर फर्किनेमा सर्लाहीका ३८, रौतहटका ४, बाराका ४ जना र सिरहाका ४ जना रहेका छन्। गृह मन्त्रालयले कामदारले उद्धार गरी घरसम्म पु¥याउने व्यवस्थान गर्न प्रहरीलाई शुक्रबार निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .