होटल पौवाले स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर स्वाद उत्सव कार्यक्रम आयोजना गर्न लागेको छ।
यही चैत २५ देखि २९ गतेसम्म सबै शाखामा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने भएको हो।
नवौँ वार्षिकोत्सवको खुसियालीमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वाद उत्सव मनाउन लागेको जनाएको छ।
यसैगरी पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नेछ।
‘स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ। यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु हो’, कार्यक्रमबारे जानकारी दिँदै ब्रान्डिङ प्रमुख विष्णु भण्डारीले भने।
९ वर्षअघि उदाएको पौवाले देश विदेशका अतिथि पाहुनाहरूलाई सेवा दिँदै आएको छ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको बताए।
Shares

प्रतिक्रिया