कारोबार


स्टार्टअप इनोभेसनमा आवेदन दिन उद्योग संगठन मोरङको आग्रह

१५ जना स्टार्टअप उद्यमीहरु छनोट गरिने
स्टार्टअप इनोभेसनमा आवेदन दिन उद्योग संगठन मोरङको आग्रह

नेपालखबर
चैत १८, २०८१ सोमबार १७:३५, काठमाडौँ

रोजगारको खोजीमा युवाहरुको बढ्दो पलायनलाई ध्यानमा राखी उद्योग संगठन मोरङले ३० वर्षमुनिका युवाहरुलाई लक्षित गरी उद्यमशीलता विकासमा आकर्षित गर्न स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमलाई परिष्कृत रुपमा ल्याएको छ। 

व्यावसायिक सोच विचार तथा अवधारणा भएका युवाहरुलाई उद्यमशीलतामा रुपान्तरण गर्ने उद्देश्यका सञ्चालनमा ल्याएको उक्त कार्यक्रममा सहभागिताका लागि यही चैत ३१ सम्म संगठनको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) र सामाजिक सञ्जालबाट आवेदन गर्न सक्ने व्यवस्था गरेको छ। 

कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न चैत ३१ गतेसम्म प्राप्त कुल आवेदनहरुलाई उद्यमशीलता अवधारणाको प्रस्तुतीकरण गराई उत्कृष्ट १५ जना स्टार्टअप उद्यमीहरु छनौट गरिनेछ। छनौट भएका उद्यमीलाई निःशुल्करुपमा व्यावसायिक योजना तर्जुमा, व्यावसायिक योजनाअनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ, परामर्श सेवा, नेटवर्क विस्तारको अवसर प्रदान गरिने संगठनले जनाएको छ।  

३ महिनासम्म संगठनको मेन्टरसिपमा रहने स्टार्टअपहरुलाई व्यावसायिक विकासमा थप सहयोग पुर्‍याउन उक्त अवधिमा बिजनेस क्यानभास मोडेल, बिजनेस हेल्थ चेकअपका साथै हाटबजार लगायतका कार्यक्रमहरु आयोजना गरि उत्कृष्ट हुन सफल ३ स्टार्टअपहरुलाई पुरस्कृत गर्ने संगठनको योजना रहेको छ।

विराटनगर महानगरपालिका र पूर्वाञ्चल विश्व विद्यालयको सहकार्यमा सञ्चालन गरिने उक्त कार्यक्रमले स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागि दिगो इकोशिष्टमको जग बसाल्न सहयोग पुर्‍याउने विश्वास संगठनले लिएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad