कारोबार


आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८१ सोमबार १३:१४, तुलसीपुर

आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ। 

अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए। उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए। विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ। यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो। 

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन्। 

अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ। हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ। उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad