प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन्।
सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेलगत्तै ओली आालोकनगर पुगेका हुन्।
यहाँ उनले पूर्वराजदूत, कुटनीतिज्ञ, एवं वरिष्ठ पत्रकार कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिएका छन्। यस्तै, चैत १५ गते राजावादीले जलाएको पार्टी कार्यालयको पनि निरीक्षण गरेका छन्।

२०७८ सालमा नेकपा (एमाले)बाट विभाजन भई नेकपा (एस) बनेपछि ओली रुष्ट थिए। माधव नेपाल, झलनाथ खनाल लगायतका नेताले एमालेबाट विभाजन भई गठन गरेको एकीकृतको समाजवादीको कार्यालयमा ओली तीन वर्षपछि पहिलो पटक पुगेक हुन्।
3.9k
Shares

प्रतिक्रिया