कारोबार


अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो, पाउन्ड र कुबेती दिनारको बढ्यो

अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो, पाउन्ड र कुबेती दिनारको बढ्यो

नेपालखबर
चैत १८, २०८१ सोमबार ५:२०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज युरो, पाउन्ड र कुबेती दिनारसहितका विदेशी मुद्राको विनियमदर बढेको छ। अस्ट्रेलियन डलरसहित केही मुद्राको विनियमदर घटेको छ। तर, अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको विनियमदर भने यथावत छ। 

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४७  रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा थियो। 

त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा छ। हिजो युरोपियन युरो १ को खरिददर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८० र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८६ र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४५ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५६ पैसा छ।  हिजो पनि बहराइन दिनारको विनियमदर यही थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad