कारोबार


गोगोरोले काठमाडौंमा सञ्चालनमा ल्यायो ४५ ब्याट्री स्वाप स्टेसन

गोगोरोले काठमाडौंमा सञ्चालनमा ल्यायो ४५ ब्याट्री स्वाप स्टेसन

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १३:३९, काठमाडौँ

दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधि कम्पनी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेसनहरू सफलतापूर्वक स्थापना गरेको छ।

गोगोरोले आफ्नो प्रतिबद्धताअनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नुअघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो। 

कम्पनीका अनुसार सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्त्वपूर्ण उपलब्धि हो।

रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्दछ। केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्नेछन्।

गोगोरो स्वाप स्टेसनका प्रमुख विशेषताहरू 

  • रणनीतिक कभरेज: यात्रुहरूलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरूमा अवस्थित स्वाप स्टेशन।
  • २४/७ उपलब्धता: स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने । 
  • सहज इन्टरफेस: पहिलो पटक प्रयोग गर्नेहरूका लागि पनि सहज र सरल ब्याट्री स्वाप प्रणाली।
  • एडभान्स्ड सुरक्षा तथा अनुगमन: रियलटाइम ब्याट्री हेल्थ निगरानी तथा अन्य सुरक्षा मापदण्डहरू । 
  • स्केलेबिलिटी: भविष्यमा बढ्दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना । 
  • पावर ब्याकअप: स्वाप स्टेसनहरूमा गोगोरो ब्याट्रीद्वारा सञ्चालित इनबिल्ट यूपीएस प्रणाली उपलब्ध छ, जसले ग्राहकहरूलाई बिजुली अवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता गर्ने कम्पनीले उल्लेख गरेको छ। 
  • एआई पावर्ड स्टेसनहरू: स्वाप स्टेसनहरू एआई प्रणालीद्वारा सञ्चालित हुन्छन्, जसले ब्याट्रीको स्वास्थ्य तथा प्रयोगकर्ताको मागअनुसार ब्याट्रीको उपलब्धता सुनिश्चित गर्दछ।

नेपालको सहरी यातायातमा ठूलो परिवर्तन
गोगोरोको ब्याट्री-स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक रेन्जको चिन्तालाई (चार्ज सकिने चिन्ता) प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ। राइडरहरूले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा कहिल्यै चिन्ता गर्नु पर्दैन।

यसरी स्वाप स्टेसनहरूले ईभी सवारीलाई अझ व्यावहारिक र आकर्षक बनाउने कम्पनीले उल्लेख गरेको छ।

हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएका छन्। हाल काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ। 

“नेपालको ईभी ईकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ । यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन सोचको पहिलो खुड्किलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,” नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad