राजनीति


दलहरूबीच जुटेन सहमति, संसद् बैठक स्थगित

दलहरूबीच जुटेन सहमति, संसद् बैठक स्थगित

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १३:४९, काठमाडौँ

विपक्षी दलसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। संसद् सचिवालयका अनुसार अबको बैठक चैत १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो।  

विपक्षी दलले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ।

सरकारले सोमबार कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। 

लगातार सदन अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग लगातार छलफल गर्दै आइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad