समाज


कोरोना परीक्षणको स्वाब लिन गएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना

कोरोना परीक्षणको स्वाब लिन गएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना

नेपालखबर
चैत १५, २०७६ शनिबार ६:३९,

 नेपालगञ्ज  विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमान चिप्लिएर रनवे बाहिर गएको छ।

कोरोना संक्रमितको स्वाब लिन काठमाडाैँबाट गएको  नेपाल एयरलायन्सको चिनियाँ वाई १२ ई विमान  नेपालगञ्ज  विमानस्थलमा अवतरणका क्रममा चिप्लिएको हो।  विमान चिप्लिएर झाडीमा पुगेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमान चिप्लिएर रनवे (धावनमार्ग) बाहिर गएको जानकारी दिए।

उनले धावनमार्ग बाहिर पुग्दा विमानमा सामान्य क्षति भएको र विमानमा रहेका सबै सकुशल रहेको जानकारी दिए।

सो विमानमा ५ जना मेडिकल टोली र चीनबाट ल्याएको स्वास्थ्य सामग्री रहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad