कारोबार


पदबहाली गरेको भोलिपल्टै हितेन्द्रलाई कर्मचारी संगठनले दिए आन्दोलनको चेतावनी

पदबहाली गरेको भोलिपल्टै हितेन्द्रलाई कर्मचारी संगठनले दिए आन्दोलनको चेतावनी

नेपालखबर
चैत १३, २०८१ बुधबार १७:१०, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक फेरिएसँगै कर्मचारी संगठनहरु पनि तातेका छन्। 

नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यविरुद्ध आन्दोलनको चेतावनी दिएका हुन्। 

शाक्यलाई सम्बोधन गरेर कर्मचारी परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य र कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष भुमिनन्द अर्यालले मंगलबार बसेको सञ्चालक समितिको बैठकले आफूहरुलाई नसोधी माथिल्लो तहका कर्मचारी सरुवा, बढुवा र काजमा खटाउने सबै अधिकार लिन प्राधिकरणको कर्मचारी सेवा शर्त विनियमावली २०७५ (संशोधनसहित)को व्यवस्था संशोधन गर्ने निर्णय गरेको र त्यो स्वीकार्य नहुने बताएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१ चैत १२ को नेविप्रा सञ्चालक समितिको बैठकले आम कर्मचारीसँग प्रत्यक्ष सरोकारबारे पर्याप्त छलफल÷बहस नगरी नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली, २०७५ (संशोधनसहित) मा भएको व्यवस्थाहरुमध्ये तह १० र सोभन्दा माथिल्लो तहका कर्मचारीहरु सरुवा, बढुवादेखि काजमा खटाउनेसम्मका सबै अधिकार सञ्चालक समितिमा रहने गरी विनियम संशोधन गर्ने निर्णय भएको बुझिन आएकाले सो विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ 

उनीहरुले विगतदेखि नै संस्थामाथि हुने कुनै पनि हस्तक्षेपको डटेर मुकाबिला गर्दै आएको बताउादै उक्त संशोधनको निर्णय नगर्न र गरिए विरोधका कार्यक्रम गर्ने चेतावनी दिएका छन्। 

नवनियुक्त शाक्यले मंगलबार मात्रै कार्यकारी निर्देशकको पदबहाली गरेका थिए।

विज्ञप्तिमा के छ? 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad