कारोबार


नेप्सेको सीईओमा लुइँटेल

नेप्सेको सीईओमा लुइँटेल

नेपालखबर
चैत ११, २०८१ सोमबार २०:५१, काठमाडौँ

मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद कुमार लुइँटेललाई नियुक्त गरेको छ। 

नवनियुक्त सीईओ लुइँटेल पर्यटन व्यवसायी हुन्। प्रेम बहादुर आले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०७८ फागुनमा उनलाई तारागाँउ विकास समितिको सदस्य सचिवमा नियुक्त गरेका थिए। 

उनी चार वर्षका लागि नियुक्त भएका थिए भने त्यसअघि पनि उनी सोही पदमा एक कार्यकालमा बसिसकेका थिए। 

उनले तारागाउँमा विकास समितिमा दुई कार्यकाल सदस्य सचिवको रुपमा बसिसकेका छन्। उनले आफ्नो कार्यकालमा हायत रिजेन्सी होटलले अतिक्रमण गरेको सरकारी जग्गाकोको खोजी र काराबाहीको प्रकृया अगाडि बढाएका कारण पनि चर्चामा रहेका थिए।

सर्लाही घर भएका उनी यसअघि पशुपति विकास कोषका कार्यकारी निर्देशका लागि छनौटमा परेका थिए। उनी छनौटमा परेपनि बाजि अर्कैले मारेपछि उनी निर्देशक बन्न पाएनन्।

उनले एमबीएसम्मको अध्ययन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad