ad ad

कारोबार


एनसेलले रिचार्ज बोनस ५० बाट १२० प्रतिशत पुर्‍यायो

एनसेलले रिचार्ज बोनस ५० बाट १२० प्रतिशत पुर्‍यायो

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ५:१६,

एनसेलले आफ्ना ग्राहकलाई हरेक रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ। बुधबार ५० प्रतिशतमात्र दिने भनेको एनसेलले बोनसलाई १२० प्रतिशत पुर्‍याएको हो।

नेपाल दूरसञ्चार प्राधिकरण बोर्डले अहिलेको विषम परिस्थितिलाई मध्यनजगर गर्दै मंगलबार सबै दूरसञ्चार सेवा प्रदायकलाई रिचार्जबराबरको बोनस दिन निर्देशन गरेको थियो। अहिलेको संकटमा पनि प्राधिकरणको निर्देशन पालना नगरेको भन्दै एनसेलको आलोचना भएको थियो।

यो योजना बिहीबारदेखि नै लागू हुने एनसेलले जनाएको छ। बोनस रकम तीन दिनसम्मका लागि मान्य हुनेछ। यसअघि रिचार्ज गरेको दिनको रातिसम्मको लागि मात्र मान्य हुने भनेको थियो।

एनसेलले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाइ नहोस् भन्ने हेतुले बोनस रकम १२० प्रतिशतमा वृद्धि गरेको हो।

ग्राहकले रिचार्जबापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्कभित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्। रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्जलगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुने कम्पनीले जनाएको छ।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् ।

हालको विपद्को परिस्थितिलाई मध्यनजर गदैं बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जीबीको स्टे होम प्याक र रु २०० सम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .