नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार भोलिबाट विदामा बस्ने भएका छन्।
०७६ चैत २४ मा नियुक्ति पाएर पाँच वर्षे कार्यकालको अन्तिम समयमा रहेका गभर्नर अधिकारी १० दिन अनिवार्य विदामा बस्न लागेका हुन्।
५ वर्ष राष्ट्र बैंकको नेतृत्व गरेका अधिकारीको कार्यकाल चैत २४ गते सकिँदै छ।
कार्यकालको अन्तिम प्रहरमा रहेका उनले राष्ट्र बैंकमा १० दिने विदा लिएका हुन्।
भोलिबाटै विदामा बस्ने भएपछि कायममुकायम जिम्मा डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई दिइएको छ।
स्रोतका अनुसार गभर्नर अधिकारी अनिवार्य बिदामा बस्न लागेका हुन्।
राष्ट्र बैंकले आयोजना गरेको ग्लोबल मनि विकको एक कार्यक्रममा वित्तीय साक्षरता विद्यालय तहमै लागू गर्न छलफलमा रहेको बताएका अधिकारी भोलिबाट विदामा बसेर चैत १५ गते राष्ट्र बैंकमा फर्किनेछन्।
त्यसपछि कार्यकालको बाँकी रहेको ९ दिनमा उनले राष्ट्र बैंकबाट विदा लिने कार्ययोजना छ।
Shares

प्रतिक्रिया